दफा ६२
अघि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजाय
: कुनै व्यक्तिले जालसाजी गरी
वा नेपाल सरकारको हानी नोक्सानी गराउने बदनियतले अघि प्रयोग भै सकेको भन्ने थाहा भएको कुनै हुलाक टिकटलाई पुन प्रयोग गरेमा नेपाल सरकारलाई क्षति पुग्न गएको रकम निजबाट असूल गरी एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।